आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा




काठमाडौं । आइएमई रेमिटेन्सले व्यवसायीक साझेदाहरुलाई १० दिने युएई भ्रमण गराएको छ । गत आर्थिक वर्षका पछिल्ला ६ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले व्यवसायीक साझेदारहरुलाई युएईको भ्रमण गराएको हो ।

कम्पनीले बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक÷एक गरी कुल १० जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

त्यस्तै, गत मंसिरमा कम्पनीले १० जना व्यवसायीक साझेदारहरुलाई रारा तालको भ्रमण गराएको थियो । ८ दिवसीय साmे भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायीक साझेदार मूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

कम्पनीले १ सय ६० आइएमई सेन्टरसहित ७ वटा प्रदेश र ७७ जिल्लाका ७हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामा रेमिटेन्स सेवा प्रधान गर्दौ आएको छ ।


क्लिकमान्डु