नेप्से परिसूचक ९.०५ अंकले घट्यो, ३२ करोड रुपैयाँको कारोबार




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०५ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घट्दा १३९३ .०४ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ५५ कम्पनीका ८ लाख २८ हजार ७ सय ७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३२ करोड २६ लाख ७३ हजार ३ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह ३.४५, बीमा समूह ८७.६५, माइक्रो फाइनान्स ९.२१, वित्तीय समूह ३.८३, होटल समूह ३७.२९, बैंकिङ समूह ६.६७, जलविद्युत समूह २९.४८, ट्रेडिङ समूह ०.५ र अन्य समूह ०.३६ अंकले घटेका हुन् । यस्तै उत्पादन मूलक समूह भने आज स्थिर रहेको छ ।

फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाइ गरेका छन् । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु