लक्ष्मी बैंकको ६ महिनाको नाफा ५१ करोड ९२ लाख



काठमाडौं । लक्ष्मी बैंकले पुस मसान्तसम्म ५१ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो बर्षको यसै अवधिको तुलनामा बैंकले ११ करोड २८ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

बैंकको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी नै देखिएको छ । गत बर्ष बैंकले ब्याजबाट १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । अहिले बैंकले ब्याजबाट ३ अर्ब २२ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको मंगलबार प्रकाशित बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तिय विवरणमा उल्लेख छ ।

बैंकको निक्षेपको वृद्धि दर न्युन भएकाले ब्याज आम्दानी पनि कम हुँदा नाफाको वृद्धि दर पनि कम नै देखिएको छ । गत बर्षको पुस मसान्तमा ५५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलनगरी ४७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो बर्षको पुस मसान्तमा ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलनगरी ५५ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तर व्यवसायको वृद्धि सामान्य भएपनि बैंकले १ बर्षको अवधिमा चुत्ता पुँजीमा झण्डै ३ गुणाले बढाएको छ । गत बर्षको पुस मसान्तमा ३ बर्ष ४ करोड रुपैयाँ रहेको बैंकको चुत्ता पुँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंक चुत्ता पुँजी बढाउने नीति लिएपछि बैंकहरुको पुँजी तोकिए अनुसार वृद्धि भएपनि पुँजीको अनुपातमा ब्यवसायको वृद्धि हुन सकेको छैन ।


क्लिकमान्डु