नेप्से परिसूचक ०.५८ अंकले घट्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५८ अंकले घटेको छ । नेप्से ०.०४ प्रतिशतले घट्दा १४०२.०९ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाएअनुसार आज १ सय ६३ कम्पनीका ९ लाख ५४ हजार ६ सय ३० कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह ०.५२, बीमा समूह १८.६५, माइक्रो फाइनान्स १३.२८, वित्तीय समूह २.०५ र अन्य समूह ४.३ अंकले घटेका हुन् ।

यस्तै होटल समूह ०.५६, बैंकिङ समूह ०.८३, जलविद्युत समूह २३.४३, उत्पादन मूलक समूह ३.४१ र ट्रडिङ समूह १०.२२ अंकले बढेका हुन् ।

कामना सेवा विकास बैंकका लगानीकर्ताले ७.५९ प्रतिशतले कमाइ गरेका छन् । बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ४.३१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु