यी ५ कम्पनीका सेयर यो साता सबैभन्दा बढि कारोबार भए



काठमाडौं । कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी यो साता अग्रस्थानमा रहेका थिए ।

यो साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड सबैभन्दा अग्रस्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यो हप्ता नेपाल स्टक एक्सचेन्जमा ३ दिनमात्रै कारोवार भएको थियो । यस साता धितोपत्र बजारमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार ६ कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको १ अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ ।

यो साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस


क्लिकमान्डु