एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर पारित
काठमाडौं, पुस ३० । एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताव पारित गरेको छ । बैंकको २३ औं साधारण सभाले बोनस सेयर र नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
३३ प्रतिशत बोनस सेयर पारित भएसँगै राष्ट्र बैंकले तोकेको चुक्तापुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।
बैंकले बार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो ।
साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।
बैंकले साधारण सभाको अबरसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ ।
साथै, बैंकले आफ्नो २३ औं बार्षिक उत्सबको अबसर पारेर ‘प्रतिबिम्ब’ नामक बार्षिक प्रकाशन सुरु गरेको छ ।
बैंकको ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट सेवा दिँदै आएको छ ।