माछापुच्छ्रे बैंकले गजुरीमा खोल्यो शाखा रहित बैंकिङ सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले गजुरीमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गजुरी गाँउपालिका वडा नं–०२, मलेखुमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा सो स्थानमा शाखा रहित बैंकिङ सेवा सुचारु गरेको जानकारी दिएको छ । यो सहित बैंकको हालसम्म १२शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैंकको ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १२ शाखा रहित बैंकिङ सेवा संचालनमा छन् । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा छन् ।


क्लिकमान्डु