हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । हिमालयन बैंकले २६ प्रतिशत बनोनस सेयर दिने भएको छ । बैंकको २५ औं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्व ११ करोड ४५ लाख २९ हजार पुग्ने संचालक समितिको अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

बैंकले आर्थिक बर्ष २०७३/७४ अन्त्यसम्म ९२ अर्व ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्व ६४ करोड कर्जा प्रवाह गरेको छ । सो, अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।


क्लिकमान्डु