सर्वोच्चद्धारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाण पत्र पेश गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र अदालतमा पेश गर्ने आदेश जारी गरेको छ ।

अदालतको अवहेलना सम्बन्धि डा गोबिन्द केसीको मुद्धामा सर्वोच्च अदालतका न्यायाधीशद्धय पुरुषोत्तम भण्डारी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायाधिश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्र अदालतमा पेश गर्ने आदेश जारी गरेको हो ।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको दुबै नागरिकता झिकाउन र न्यायपरिषदबाट प्रधानन्यायाधीश पराजुलीको उमेरको सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपिसमेत झिकाउन आदेश दिएको हो ।

डा केसीले अदालतमा सुनुवाईको क्रममा प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाण पत्रको बारेमा प्रश्न उठाएका थिए ।

पराजुलीले दुईवटा नागरिकता लिएको, उमेर घटाएको र एसएलसीको प्रमाण पत्रको बारेमा विवाद रहँदै आएको थियो।


क्लिकमान्डु