डा. केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं । डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतको अवहेलनासम्बन्धि मुद्धामा डा केसीलाई पक्राउ गरि अदालतमा सोमबारदेखि सुनुवाई चलिरहेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय पुरुषोत्तम भण्डारी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले दुबै पक्षको बहसपछि मुद्धालाई निरन्तरता दिँदै डा केसीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

डा केसीलाई सर्वोच्च अदालतको अवहेलना मुद्धामा गत आईतवार राती सर्वोच्चको आदेशअनुसार पक्राउ गरिएको थियो । उनले अदालतको विरुद्धमा अभिव्यक्ति दिएर अदालतको मानाहानी गरेको आरोप लगाईएको थियो ।

डा केसीले सर्वोच्च अदालतले त्रिभुवन विश्व विद्यालय चिकित्सा अध्ययन शास्त्रको डिनमा डा शशि शर्मालाई पुर्न बहाली गर्ने आदेश दिएपछि उनी सो आदेश दिने न्यायाधिशको आचरणको बारेमा प्रश्न उठाउँदै अनसनरत थिए ।


क्लिकमान्डु