कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा नियुक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका शर्मा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत हुन् ।

विद्यार्थी आन्दोलनबाट शर्मा चर्चित बनेका थिए । मंसिरमा भएको निर्वाचनमा झापाबाट भने प्रत्यक्ष निर्वाचनमा पराजित भएका थिए ।


क्लिकमान्डु