माछापुच्छ्रे बैंकले थप्यो २ शाखा रहित बैंकिङ सेवा




काठमाडौं । माछापुच्छ्रे बैंकले सुर्खेतमा २ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमाल्याएको छ । बैंकले पौष २२ गते भेरीगंगा नगरपालिका वडा नम्बर ११, रामघाट र बिरेन्द्रनगरनगरपालिका वडा नम्बर २ भुरेलीगरीमा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमाउतm स्थानहरुमा २ वटा शाखा रहित बैंकिङ सेवा सुचारु गरेको हो । यो सहित बैंकको हालसम्म ११ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमाबैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैंकको ७७ वटा शाखा कार्यालय र ८६ वटा एटीएमहरु संचालनमा छ ।


क्लिकमान्डु