कमिशन नबढाएको भन्दै बिक्रेताले खाना पकाउने ग्यासको बिक्री बन्द गरे



फाइल

विराटनगर । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै बुधबारदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् ।

बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् ।

ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको छ ।

अहिले बिक्रेताले प्रतिसिलिण्डर ३५ रुपैयाँ कमिशन पाउँदै आएका छन् ।

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नुपरेको बताए ।

विराटनगरमा हाल ग्यासकोे मूल्य एक हजार ३५५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु