अन्तत: जारी भयो राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश आज जारी गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले आज शुक्रबार बिहान साढे ११ बजे अध्यादेशमा हस्ताक्षर गरेकी हुन् ।

पछिल्लो समय सरकार र प्रतिपक्ष बिच निकै रस्साकसी भएपछि राष्ट्रपतिले ५ राजनीतिक दलसंग परार्मश गरेकी थिइन् ।

बिभिन्न कानुन व्यवसायी र राजनीतिक दलबिच छलफल गरेर आज बिहान अध्यादेश जारी गरेकि हुन् ।


क्लिकमान्डु