नेप्से परिसूचक २०.६४ अंकले घट्यो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६४ अंकले घटेको छ । नेप्से १.४१ प्रतिशतले घट्दा १४४७ .०४ विन्दुमा झर्न पुगेको हो ।

नेप्सेकाअनुसार आज १ सय ५९ कम्पनीका १० लाख २८ हजार २ सय ९८ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको छ ।

मंगलवार अन्य समूह ६.९४ अंकले बढेको छ भने अरु सबै समूहमा आज रातो रंग लागेको छ । बैंकिङ समूह १८.२१, विकास बैंक समूह ३६.६२, बीमा समूह १३८.८१, माइक्रो फाइनान्स ३२.६७, जलविद्युत समूह ३६.६२, वित्तीय समूह १६.१६, होटल समूह २३.४४, उत्पादनमूलक समूह ३०.५९ र ट्रेडिङ समूह ४.७३ अंकले घटेका हुन् ।

माहुली सामुदायिक लघुवित्त संस्थानका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाई गरेका छन् । प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु