साढे ४ अंकले घट्यो नेप्से, ५५ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ४.४७ अंकले घटेको छ । आइतबार नेप्से १४६७.६८ अंकमा अडेको छ ।

आज १ सय ६१ कम्पनीका १४ लाख ५७ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५५ करोड ९५ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै ८ करोड ४५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । बैंकको सेयर मुल्य २ हजार ७७ रुपैयाँ कायम छ ।

बैंकिङ समूह २.१३, ट्रेडिङ २.१७, होटल समूह ७.८४, विकास बैंक १३.४२, जलविद्युत ३.९१, बीमा समूह २५.११, उत्पादन मुलक समूह १३.१२, अन्य समूह ८.१ र माइक्रोफाइनान्स समूह ३.३५ अंकले घटेको छ ।

वित्तिय समूह ०.३५ अंकले बढेको छ ।

ग्रिन डेभलपमेन्ट बैंक ९.८९ र माउली समूदायीक लघुवित्त संस्थानका लगानी कर्ताले ९.१८ प्रतिशतले कमाएका छन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु