भारतको प्रि–स्कुल स्यानफोर्ट काठमाडौंमा




काठमाडौं । भारतको स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा संचालनमा आएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापनाभएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजि पुस्कर कार्की र अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्धनिर्देशक एस के राठौरले सनिवार संयुक्तरुपमागर्नुभएको हो ।

स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बताए ।

‘भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट बालबालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो,’ राठौंरले भने ।

स्कुलले निकट भविस्यमै अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।

काठमाडौंको विशालनगर मार्ग स्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षादिने प्रतिवद्धता ब्यक्त गरे । यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने उनीहरुको दाबी छ ।


क्लिकमान्डु