जब ट्रिपरले १ सय ५० मिटरसम्म मान्छे घिसार्दै लग्यो…



काठमाडौं । गोरखा गन्डकी गाउँपालिका वडा नम्बर ३ घर भएका रामकुमार श्रेष्ठ आफ्नो बनस्थली ढुंगेधारामा रहेको मासु पसलमा मासु काट्दै थिए । शनिवार दिन अधिकांस मासु पसलमा भिडनै हुने गर्दछ ।

विहान पौने ११ बजे छोराको नम्बरबाट फोन आयो तर चक्रपथ स्थित प्रहरीबृतबाट भने पछि श्रेष्ठ झसक्क भए । प्रहरीले यो मोवाइलको मान्छेको तपाई को भन्ने प्रश्न आएपछि म बाबू हो भने श्रेष्ठले ।

तत्पश्चात भनियो तपाईको छोरा मोटरसाइकलमा दुर्घटनामा परेकोले तुरुन्त महाराजगन्ज स्थित प्रहरीबृतमा आउनु भनेर । उनी तत्काल एक जना गाउँकै साथी साधुराम दुवाडी लिएर चौकीमा पुगे । चौकी पुगेपछि उनले प्रहरीलाई सोधे कहाँ छ मेरो छोरा ? प्रहरीले अस्पताल छ, तर घटनास्थलमै तपाईको छोराको मृत्यु भयो ठक्कर दिने गाडी र चालक हाम्रो नियन्त्रणमा छ भन्ने जवाफ सुन्न नभ्याउँदै श्रेष्ठ थचक्क भुईमा बसे ।

यसरी भएको थियो घटना
विहानभर पसलमा मासु काटेर बाबूलाई सहयोग गरेका सन्तोष श्रेष्ठ उमेरले भर्खर २२ लागेका थिए । आफूसंग लाइसेन्स नभएकोले उदयपुरका साथी निरज राउतलाई लिएर चावाहिल गएका थिए ।

चाबाहिलबाट फर्कदैं गर्दा सुकेधारामा आइपुगेपछि तिव्रगतिमा आएको बा ४ ख ६२७० नम्बरको ट्रिपरले पछाडीबाट बा ३४ प ४२८१ नम्बरको पल्लसर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिएसंगै दुवै जना सडकमा खसेको देखिन्छ प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापा बताउँछन् । मोटरसाइकलबाट दुवै जना खसे त्यसपछि ट्रिपर चालकले घाइते अवस्थामा रहेका सन्तोष श्रेष्ठलाई १ सय ५० मिटर घिसार्दै लगेका थिए । घाइतेलाई ट्रिपरले घिसार्दै लगेको देखेका स्थानीयले चिच्चाइरहेका थिए । भने कोही ट्रिपरको पछि–पछि ढुंगा हान्दै दौडिएका थिए ।

समान्य मानवीयता पनि नदेखाई ट्रिपर चालक आयुस सिङ्गारले १ सय ५० मिटर घाइते श्रेष्ठलाई घिसार्द रगत र टाउको बाट गिदी समेत उछ्टिएको थियो । स्थानीयको भनाई अनुसार जव मृत्यु भयो भने पछि ट्रिपर चालक गाडी रोकेर भाग्न खोज्दा स्थानीयले समाएर प्रहरीलाई बुझाएका थिए ।

स्थानीयले खवर गरेपछि दौडिएर घटनास्थल पुगेका प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले घाइते मोटरसाइकल चालक र मृत्यु भइसकेका श्रेष्ठलाई शिक्षण अस्पताल पु¥याएका थिए । ‘हाम्रो प्रहरीको टोली त्यहाँ पुग्दा दुर्घटना भएको स्थानबाट ट्रिपरले १ सय भन्दा बढी मिटर घिसारेको देखिन्छ,’ थापाले भने । पहिलोचोटी ठक्कर दिदाँ मोटरसाइकलको पछाडीको भागमा सामान्य क्षति मात्रै ट्राफिक प्रहरीको स्केच र फोटोमा देख्न सकिन्छ ।

प्रहरीको नियन्त्रणमा रहेका ट्रिपर चालक आयुस सिङ्गार आफुलाई मान्छे ट्रिपरमा झुन्डिएको थाहानै नपाएको बताउँछन् । अगाडी मोटरसाइकल पछाडी ट्रिपर रहेकोले ठक्कर दिनसाथ नरोक्नु र सय मिटर भन्दा बढी परसम्म जानूले भाग्न खोजेको प्रहरीको अनुमान छ ।

चालकलाई ज्यान मार्ने उद्योगमा उजुरी
मृतकका बाबू रामकुमार श्रेष्ठले शनिबारनै प्रहरीबृत महाराजगन्जमा ज्यानमार्ने उद्योगमा चालक सिंङ्गारलाई कारबाहीको लागि उजुरी दर्ता गराएका छन् । हामीले पिडितकै पक्षमा मुद्दा लड्ने भएकोले कुनै पनि बाहानामा चालक उम्कन नसक्ने उपरिक्षक थापा बताउँछन् ।


क्लिकमान्डु