सिभिल बैंक लिमिटेडको अध्यक्षमा इच्छाराज तामाङ




काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इन्जिनियर इच्छा राज तामाङ नियुक्त भएका छन् । बैंकको २ सय ३३ औं संचालक समितिको बैंकले तामाङलाई अध्यक्षमा नियुक्ती गरेको हो ।

तामाङले बिहीबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट सपथ ग्रहण गरेका छन् ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले मंसिर २२ गतेदेखि सेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निस्कासन गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आर्थिक बर्षको नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु