सिटी एक्स्प्रेस मनी ट्रान्स्फर र अल् फर्दान एक्स्चेन्ज बिच रेमिटेन्स सम्झौता




काठमाडौं । दुबईको रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेसबीच रेमिटेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र अलु फर्दान एक्स्चेन्जका सीइओ ओसामअल् रह्याले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अल् फर्दानबाट पठाएको रकम सिटी एक्स्प्रेसबाट भुत्तानी गर्न सकिने भएको छ ।

अल् फर्दानको दुबईमा ६४ वटा भुत्तानी केन्द्रहरु छन् । ती केन्द्रबाट पठाइएको रकम एक्स्प्रेसका ५ हजारभन्दा धेरै केन्द्रबाट नेपालीले रकम भुत्तानी गर्न सकिने छ ।


क्लिकमान्डु