ग्लोबल आइएमई बैंकको ५६औं शाखारहित बैकिङ सेवा संचालनमा




तेह्रथुम । ग्लोबल आइएमई बैंकले तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७, लसुनेमा ५६ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले पुस ५ गते बुधबारदेखि शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंक प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ्ग संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि सो शाखारहित बैकिङ सेवाको उद्घाटन गरेका हुन् ।

तेह्रथुम जिल्लाको लालीगुरासँ नगरपालिका ७, लसुनेमा सुरु गरिएको सेवाको लागि स्थानिय अर्जुन श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले २०७४ असोज मसान्तसम्म १ खर्व ४ अर्व ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।, बैंकले ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । बैंकका हाल १ सय८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १ सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।


क्लिकमान्डु