१२ अंकले घट्यो नेप्से, ४७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) १२.३२ अंकले घटेको छ । बिहिबार नेप्से १४७२.१५ अंकमा अडेको छ ।

आज १ सय ५३ कम्पनीका ९ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४७ करोड ५८ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै ३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । बैंकको सेयर मुल्य २ हजार ८६ रुपैयाँ कायम छ ।

बैंकिङ समूह ६.०२, ट्रेडिङ १.९४, होटल समूह ११.१५, विकास बैंक ११.१५, जलविद्युत २२.४७, वित्तिय समूह २.७८, बीमा इन्स्योरेन्स ७७.६१, अन्य समूह २३.१४, माइक्रोफाइनान्स समूह २१.०५ अंकले घटेको छ ।

उत्पादन मुलक समूह १४.९४ अंकले बढेको छ ।

माउली सामूदायक लघुवित्तका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाएका छन् ।

विजया लघुवित्त वित्तिय संस्थानका लगानीकर्ताले ५.६९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु