नेप्से ९ अंकले घट्दा सबै उप–समूह राता



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.२९ अंकले घटेको छ । बुधबार नेप्से १४८४.४७ अंकमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५५ कम्पनीका ९ लाख ८३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ४२ करोड ४३ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु घटेका छन् । बैंकिङ समूह ६.६१, होटल समूह ०.१८, विकास बैंक समूह ६.९, जलविद्युत समूह २६.६६, वित्तिय समूह १.१४, बीमा समूह ४३.४९, उत्पादन मूलक समूह ३५.८१, अन्य समूह १०.९८ र माइक्रोफाइनान्स ७.६२ अंकले घटेका हुन् ।

आज नेपाल दुरसंचार कम्पनीको सबैभन्दा धेरै ४ करोड ९ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । दुरसंचारको सेयर मुल्य ८ सय ८६ रुपैयाँ छ ।

सिन्धु विकास बैंकका लगानीकर्ताले ६.७१ प्रतिशतले कमाएका छन् ।

हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमाण्डू