नेप्से परिसूचक १४.४९ अंकले घट्यो
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४९ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घट्दा १४९३.७६ विन्दुमा पुगेको हो ।
नेप्सेले जनाएअनुसार आज १ सय ६६ कम्पनीका १३ लाख ८९ हजार १ सय ३३ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ५८ करोड ९० लाख ५६ हजार ७ सय १७ रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ समूह ७.३६, विकाश बैंक समूह ७.२७, बीमा समूह ५९.६७, माइक्रो फाइनान्स समुह २०.२३, जलविद्युत समूह १४.४६, वित्तीय समूह ४.०७, होटल समूह ३२.९, उत्पादन मूलक समूह १७.१९, टे«डिङ समूह ०.९३ र अन्य समूह ३६.४४ अंकले घटेका हुन् ।
अरुन फाइनान्सका लगानीकर्ताले ९.७० प्रतिशतले कमाइ गरेका छन् । सिनर्जी पावर डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.९७ प्रतिशतले गुमाएका छन् ।