सङ्खुवासभाको पोखरी बजारमा ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा आफ्नो ५४ औं शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले त्यहाँ स्थानीय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानीय स्तरका समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु