पुस १३ गतेबाट ३ अर्ब रुपैयाँको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’



काठमाडौं । एनआईसी एशिया बैंकलाई नेपाल धितोपत्र बोर्डले १ हजार रुपैयाँ अंकित ३० लाख कित्ता ‘एनआईसी एशियाडिबेन्चर २०८१/८२’ निस्काशन गर्न अनुमति दिएको छ । पुस १३ गतेबाट बिक्री खुल्ला हुने ‘एनआईसी एशियाडिबेन्चर २०८१/८२’ मा पुस १७ सम्म इच्छुक लगानीकर्ताले आबेदन दिन सक्ने छन् ।

‘एनआईसी एशियाडिबेन्चर २०८१/८२’ बाट ३ अर्ब बराबर ऋण बैंकले उठाउने छ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिलइन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

३ अर्ब रुपैयाँको ऋणपत्रको मा ८० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगततवरबाट र बाँकी २० प्रतिशत अर्थात ६० करोड बराबर सर्वसाधारण लगानीकर्ताबाट उठाउनु पर्ने छ ।

९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरीने छ भने ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘एलएमाइनस’ रेटिङ्गप्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम भएको बैंकले जनाएको छ । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले ‘एमाइनस’ रेटिङ्ग दिएको छ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण हुने छ ।

यो बैंक शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले १४९ शाखा कार्यालयहरु, १४१ एटिएम काउन्टरहरु, ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदानगर्दै आईरहेको छ ।

बैंकले ११७ अर्ब निक्षेप संकलनगरि ९८ अर्ब कर्जा प्रवाह गरेको बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत तथा सूचनाअधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिए ।


क्लिकमान्डु