नेप्से स्थिर, ५६ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक स्थिर रहेको छ । सोमबार नेप्से ०.८९ अंकले घटेको छ । नेप्से १५०८.२५ अंकमा अडेको छ ।

आज १ सय ६३ कम्पनीका १२ लाख २५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५६ करोड ८३ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ३.०१, विकास बैंक समूह १२.२१, बीमा समूह २५.५६ र माइक्रोफाइनान्स २.०४ अंकले घटेका छन् ।

ट्रेडिङ समूह ६, होटल समूह २.३६, जलविद्युत समूह १३.४४, वित्तिय समूह ३.३१, उत्पादन मूलक समूह २१.४८ र अन्य समूह ८.६८ अंकले बढेका छन् ।

प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले ६.९१ प्रतिशतले कमाएका छन् ।

ललितपुर फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु