समानुपातिकतर्फको मतगणना सकियो, काँग्रेसभन्दा एमालेले पायो ४५ हजार बढी मत

क्लिकमान्डु २०७४ पुष २ गते १८:५३ मा प्रकाशित

काठमाडौं । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना कार्य सकिए पनि अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा एमाले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्र १३ लाख ३ हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६६ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेका छन् ।

प्रत्येक्ष निर्वाचन प्रणालीतर्फ काँग्रेसभन्दा झन्डै ४ गुणा बढी स्थानमा चुनाब जितेको एमालेले समानुपातिक तर्फ भने ४५ हजार मात्रै बढी मत पाएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस