४९ हजार ६५२ मतको अन्तरले एमाले अगाडि



काठमाडौं । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल ४ लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल ४ लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब १ करोड ५ लाखको हाराहारीमा मतदान भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ । रासस


क्लिकमान्डु