५ दलमात्रै राष्ट्रिय पार्टी बन्ने, एमाले भन्दा कांग्रेस ६२ हजार मतले पछाडि



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रमजारी रहेको छ । प्रक्ष्येक्षतर्फको मत परिणाम आएको ४ दिन बितिसकेपनि समानुपातिक मत गणना अझै जारी रहेको छ ।

शनिबार बिहान ८ः४५ सम्मको समानुपातिक मत परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा अगाडि रहेको छ भने नेपाली काँग्रेसले उसलाई पक्ष्याइ रहेको छ । एमालले ३१ लाख ३० हजार मत प्राप्तगरी अग्रता बनाउँदा नेपाली काँग्रेसले ३० लाख ६८ हजार मत ल्याएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १२ लाख ७४ हजार मत ल्याई तेस्रो स्थानमा रहेको छ । हालसम्म ९३ लाख मत गणना भइसकेको छ । चौथो स्थानमा संघिय समाजवादी फोरम र पाँचौ स्थानमा राजपा नेपाल रहेका छन् ।

विवेकशिल साझा, राप्रपा, राप्रपा प्रजातान्त्रीक लगायत अन्य दलले ३ प्रतिशत मत कटाउन नसक्ने भएका छन् ।

अब राष्ट्रिय दलको मान्यता ५ राजनीतिक दलले मात्रै प्राप्त गर्ने छन् । तर, निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक अहिल्यै नगर्ने कुरा भनिरहेको छ ।


क्लिकमान्डु