हिमालयन बैंकद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग प्रधान



काठमाडौं । हिमालयन बैंक लिमिटेडले २५औं बार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५, डल्लु स्थित ‘सामुदायिक स्वास्थ्य सेवा परिषद’लाई सहयोग प्रदान गरेको छ ।

बैंकले सहयोग स्वरुप उक्त स्वास्थ्य सेवा परिषदलाई आठ हजार थान ओपिडि टिकट बुक छपाई गरि प्रदान गरेको हो ।

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।

२०५५ सालमा स्थापित परिषदसामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल स्वास्थ्य, हाड जोर्नी तथा नशा, नाक, कान तथा घाँटी, प्रसूति तथा स्त्रीरोग, दन्त, छाला तथा यौन रोग आदी सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न सरकारी, गैर सरकारीदाताहरु तथा स्थानिय बासिन्दाहरुको सहयोगमा संचालित यस सामुदायिक अस्पातलमा अन्य विभिन्न स्वास्थ्य सम्बन्धि सेवाहरु संचालन गरिरहेको छ ।


क्लिकमान्डु