दुई मधेस केन्द्रित दल विच कडा टक्कर, कुन दलले कति मत ल्याए ?



काठमाडौं । समानुपातिक निर्वाचनको अन्तिम मत परिणाम आउने अबस्था आई सकेको छ । करिब १ करोड ५ लाख मत मध्ये ८९ लाख ५३ हजार मत गणना भइसकेको छ ।

तराई मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघिय समाजवादी पार्टी बिच कडा टक्कर चलिरहेको छ । हाल सम्मको मत गणना अनुसार संघिय समाजवादी फोरमले ४ लाख २७ हजार मत ल्याउदा राजपाले ४ लाख ३ हजार मत ल्याएको छ ।

उता नेकपा एमाले र नेपाली काँग्रेसको बिचमा पनि कडा प्रतिस्पर्धा चलिरहेको छ । एमालेले ३० लाख १४ हजार मत ल्याउँदा कांग्रेसले २९ लाख ४१ हजार मत ल्याई पछ्याई रहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ लाख ११ हजार मत ल्याएको छ ।


क्लिकमान्डु