नवनिर्वाचित सांसद् नवराज सिलवाललाई कारवाही गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले नवनिर्वाचित सांसद् नवराज सिलवाललाई कारवाही गर्न आदेश दिएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी रहेको सिलवालले बुझाएको विवरण त्रुटिपूर्ण रहेको बताएको छ ।

सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन (कासमूं) सिलवालले कसरी पाए भन्ने प्रश्न उठाउँदै सो विवरण केरमेट गरेर अदालतमा बुझाएको विषयमा अनुसन्धान गरेर कारवाही गर्न भनेको छ ।

सर्बोच्चले भदौ २७ मा सुनाएको फैसलाको पूर्णपाठमा प्रक्रियामा सामेल सबैलाई अनुसन्धान गरेर कारवाही गर्न भनेको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले सिलवालले सरकारी कागजात किर्ते गरेको ठहर गरेको छ ।

सिलवालले प्रहरी प्रमुख बन्नको लागि सर्बोच्चमा नक्कली कागजात पेश गरेको ठहर सर्बोच्चले गरेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सिलवाल सर्बोच्च गएका थिए ।

सर्बोच्चले चन्दको बढुवा रोक्न अन्तरिम आदेश दिएको थियो । पछि बढुवा नगर्ने फैसला गर्यो । सरकारले पछि प्रकाश अर्याललाई प्रमुख प्रमुख बनाएको थियो ।

सिलवालको घटनाले कांग्रेस र माओवादीले तत्कालिन प्रधानन्यायधीश शुसीला कार्कीलाई महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।


क्लिकमान्डु