यस्तो छ एसियाकै उत्कृष्ट १२३ तले होटल ‘सिङ्नियल सोल लोट्टे’



काठमाडौं । अमेरिकी ट्राभल म्यागेजिन कम्पनीले गरेको सर्बेक्षण अनुसार दक्षिण कोरियाको सिङ्नियल सोल लोट्टे होटेल एसियाकै उत्कृष्टको सूचीमा परेको छ । १ सय २३ तल्ला लोट्टे टावरमा रहेकोको उक्त होटल यसअघिको उत्कृष्ट सूचीमा रहेको बैंककको पार्क ह्यात होटेललाई पछाडि पार्दै लोट्टे होटेल उत्कृष्ट लक्जरी होटेलमा पर्न सफल भएको हो ।

गत जनवरीदेखि अगस्टसम्म अनलाइन तथा अफलाइन सर्वेक्षण गरिएको थियो । त्यस्तै उत्कृष्ठ तेस्रो सूचिमा फ्रेन्चको पोलेनेसियामामा रेहको क्रोनाल्ड बोरा बोरा नुई होटेल पर्न सफल भएको छ । कोरियाको लोट्टे होटेलले ग्लोबल ट्राभलरबाट उत्कृष्ट आरामदायी होटेलको रुपमा अवार्डसमेत जित्न सफल भएको छ ।

त्यसैगरी उक्त होटेल सोल नगरमा विगत ६ वर्षयता खुलेका होटेलहरु मध्येको पनि उत्कृष्ट बन्न सफल भएको छ । हाल लोट्टे ग्रुपले कोरिया, अमेरिका, उज्वेकिस्तान, म्यानमार, भियतनाम, रसिया आदि मुलुकमा गरि १७ वटा होटेल संचालनमा ल्याएको छ ।


क्लिकमान्डु