समानुपातिकमा एमाले ८७ हजार मतले अगाडि, हेर्नुस् कस्ले कति मत पाए



काठमाडौं । अहिले बिहान ९ बजेसम्मको समानुपातिक मत गणना अनुसार नेकपा एमाले र नेपाली काँग्रेस बिच कडा टक्कर चलिरहेको छ । नेकपा एमाले २६ लाख ११ हजार सहित पहिलो स्थानमा हुँदा नेपाली काँग्रेस २५ लाख २३ हजार मत सहित दोस्रो स्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म करिब ८७ हजार मतले अग्रता कायम गरेको छ । मतगणना सुरुभएको केहि घण्टापछि नै एमालेले अग्रता बनाएको थियो ।

माओवादी केन्द्र १० लाख ३१ हजार मतसहित तेस्रो स्थानमा हुदा ३ लाख ४८ हजार मत पाएको संघिय समाजवादी फोरम नेपाल चौथो स्थानमा छ । २ लाख ९३ हजार मत ल्याएको राजपा ५ औं स्थानमा रहँदा राप्रपा र विवेकशिल साझाले पनि १ लाख ५० हजार मत कटाएका छन् । मत गणना जारी छ ।


क्लिकमान्डु