२ नम्बर प्रदेशमा कसको बन्ला सरकार ? यस्तो छ जोड घटाउ



काठमाडौ । सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा वामगठबन्धनले दुई तिहाईको हाराहारीमा प्रदेश सांसदमा जित निकाल्दा प्रदेश नं २ मा भने गठबन्धनले आशातित सफलता हासिल गर्न सकेन ।

प्रदेश नं २ को प्रदेशसभाका ६४ क्षेत्रमा वाम गठबन्धनले २० स्थानमा जित हासिल गरेको छ । त्यसमा एमालेले १४ र माओवादी केन्द्रले ६ स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै नेपाली काँग्रेस आठ, संघीय समाजवादी फोरम नेपाल २०, राजपा नेपाल १५ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । यो परिणाम हेर्दा मधेसी गठबन्धनको ३५ स्थान रहेको छ । वामगठबन्धन २० स्थानमा रहँदा काँग्रेसले ८ स्थानमा चित्त बुझाउनु परेको छ । स्वतन्त्रले १ स्थानमा चित्त बुझाएका छन् ।

मधेशमा प्रदेश सरकार बनाउन मधेशी गठबन्धनलाई पनि सहज छैन, किनकी समानुपातिकको सम्पूर्ण मत परिणाम नआउँदासम्म कुन दलको हैसियत के हुने भन्ने पत्ता लाग्न मुस्किल हुने देखिएको छ ।

हाल प्राप्त मतका आधारमा हेर्दा एमाले, काँग्रेस र माओवादी केन्द्रले नै बढी मत पाउने देखिएको छ । संघीय समाजवादी फोरम नेपाल र राजपाको मत विभाजन गर्दा प्रदेश नं २ मा उनीहरु बहुमत रहेपनि सरकार बनाउन आवश्यक पर्ने बहुमत जुटाउन भने गाह्रो पर्ने देखिन्छ । त्यसकारण समानुपातिक निर्वाचन प्रणालीको मत परिणाम सार्वजनिक नहुँदासम्म प्रदेश नं २ मा यही गठबन्धनको सरकार बन्छ भन्ने अवस्था देखिदैन, किनकी बहुमत जुटाउन मुस्किल पर्ने छ ।

काँग्रेस र मधेसी मोर्चाको मत जोड्दा ४३ हुन्छ । समानुपातिकमा हाल काँग्र्रेसले पाएको मतको टे«न्ड हेर्दा ती दुई पक्षबीचको मोर्चाबन्दीमा प्रदेश नं २ को सरकार गठन हुन सक्छ ।


क्लिकमान्डु