सुनसरी ३ मा गच्छदार बिजयी, छैटौं पटक निर्वाचन जिते



काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदार बिजयी भएका छन् । उनले एमाले उम्मेद्वार भगवती चौधरीलाई पराजित गरेका हुन् ।

गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी हुँदा एमालेकी चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरि दोस्रो स्थानमा चित्त बुझाईन् । उनी २०७० को संबिधान सभा निर्वाचनमा समेत झिनो मतान्तरले गच्छदारसँग पराजित भएकि थिइन् ।

यो सँगै गच्छदार छैटौं पटकसम्म लगातार निर्वाचन जित्ने नेता भएका छन् । यो सँगै १६५ स्थानको प्रतिनिधिसभाको मत परिणाम आएको छ ।


क्लिकमान्डु