के ४ दल मात्रै राष्ट्रिय पार्टी बन्छन् ? अहिलेसम्म राजपा संघर्षरत



के ४ दल मात्रै राष्ट्रिय पार्टी बन्छन् ? अहिलेसम्म राजपा संघर्षरत

काठमाडौं । निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणाली तर्फको मतलाई आधार मान्ने हो भने चार वटा दल मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ ।

यद्यपी राष्ट्रिय जनता पार्टी पनि राष्ट्रिय दल बन्न संघर्षरत रहेको देखिन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको १ करोड ५ लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सक्ने देखिएको छ ।

मतपरिणामअनुसार अनुसार, राष्ट्रिय पार्टीका रुपमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपाल मात्रै राष्ट्रिय पार्टीका रुश्रपमा दर्ज हुन सक्ने सम्भावना देखिएको हो ।

यी ४ पार्टीले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुने सम्भावना बढेर गएको छ, तर राजपाको पनि सम्भावना कायमै रहेको देखिन्छ ।

राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ क्षेत्रमा विजय हासिल गरेको छ ।

उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ ।

हालसम्म एमालेलेसबैभन्दा बढी साढे १८ लाख ६० भोट पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १७ लाख ७० हजार बढी भोट पाएको छ ।

माओवादी सवा ७ लाख २६ हजार भोटका साथ तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले २ लाख २७ हजार र राजपाले १ लाख ६९ हजार भोट पाएका छन् भने अन्य पार्टीहरु राप्रपा, विबेकशिलको समानुपातिक भोट एक लाख कटेको छ । त्यसबाहेक अरुले १ लाख कटाएका छन् ।


क्लिकमान्डु