नेपाल जाने बस संख्या बढाउन भारतमा दबाब



काठमाडौं । भारतमा सर्वसाधरणले नेपाल जाने आउने नियमित बस सेवा बिस्तार गर्न दबाब दिएपछि भारत सरकारले यसको प्रकृया अगाडि बढाएको छ । खासगरी बिहार, युपि र उत्तराखन्डबाट यस्तो माग आएपछि भारत सरकारले प्रकृया अगाडि बढाएको हो ।

टाइम्स अफ इन्डियाले जनाए अनुसार भारतको सडक यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत नेपालसँग औपचारिक कुरा गर्न तयारी गरेको छ । मन्त्रालयले दुबै देशको संयुक्त बैठक बसी मागलाई सम्बोधन गर्नुपर्ने जनाएको छ ।
गत सार्क शिखर सम्मेलनबाट दिल्ली तथा बनारसबाट काठमाडौं ‘नेपाल भारत मैत्री’ नाममा नियमित सेवा सुरु भएपछि सर्वसाधारणले जहाज र रेलको सस्तो विकल्प पाएका छन् । यसपछी दिल्ली पोखरा रूटमा पनि नियमित बस चल्न थालेको छ ।

सस्तोमा नियमित सेवा पाउन थालेपछी सेवा बिस्तारका लागि दबाब बढेको हो । अहिले काठमाडौं दिल्लीको बस भाडा ३ हजार ६ सय रूपैयाँ मात्र छ ।

नेपाल भारतबीच दैनिक हजारौं यात्रुको आवत-जावत हुन्छ । बस यात्रामा आउने जानेहरू नियमित बसको अभावमा रिजर्भ गरेर महंगो भाडा तिर्न बाध्य छन् ।


क्लिकमान्डु