जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी पुस १३ गतेदेखी



काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यहि पुस १३ गतेदेखि आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने सो प्रर्दशनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डलका स्टलहरु प्रदर्शनीमा रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

१४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ यहि पुष १३ गतेदेखि १८ गते सम्म ६ दिनका लागी भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरुको करिव १२५ वटा स्टल रहनेछन । प्रदर्शनी जुत्ता तथा चप्पल एवं छालाजन्य बस्तुहरुको एकल प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ ।

यस पटकको मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनहरुको बेग्लाबेग्लै प्याभिलियनको समेत व्यवस्था गरिएको बताईएको छ ।

जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिनेछन । साथै मेला अवधिभर प्रत्येक दिन विभिन्न चर्चित मोडल तथा कलाकारहरुद्धारा फेसन सो एवं र्याम्प वाक समेत गराइनेछ ।

मेलामा प्रत्येक दिन रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिने जानकारी दिईयो ।

प्रदर्शनीमा करिव २ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा संस्थाले लिएको छ ।


क्लिकमान्डु