समानुपातिकमा एमाले ८२ हजार मतले अगाडि, कुन दलले कति मत ल्याए ?



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना द्रुत गतिमा भइरहेको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेले ८२ हजार ५७ मतले नेपाली काँग्रेस भन्दा अगाडि रहेको छ ।

एमालेले ११ लाख ६६ हजार ९०३ मत पाउँदा नेपाली काँग्रेसले १० लाख ८४ ८४६ मल त्याएको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६९ हजार २३९ मत ल्याएको छ । एमाले र काँग्रेसको भन्दा मओवादी केन्द्रको मत आधा कम रहेको छ ।
चौथो स्थानमा संघिय समाजवादी फोरम रहेको छ । उसले ८४ हजार ९ सय ८३ मत ल्याएको छ भने नयाँ दल बनेको विवेकशिल साझा पार्टीले ६९ हजार ५ द्धढ मत ल्याएको छ । मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले ५३ हजार ६७७ मत ल्याएको छ । मत गणना जारी रहेको छ ।


क्लिकमान्डु