रमेश लेखक ३७ मतले पछाडि, लेखक र भट्टमा कसले मार्ला बाजी ?



काठमाडौं । कञ्चनपूर क्षेत्र नम्बर ३ मा बाम गठबन्धन र नेपाली काँग्रेस बिच कडा टक्कर चलिरहेको छ । यहाँ बाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका दीपक प्रकाश भट्टले २०९२७ मत ल्याएर अग्रता लिइरहेका छन् । नेपाली काँग्रेसका नेता रमेश लेखकले २०८९० मत ल्याई ३७ मतले उनि पछाडि रहेर पछ्याई रहेका छन् ।

उनिहरुको बिचमा कडा टक्कर भइरहेको छ । निर्वाचन आयोगका अनुसार ८७ हजार १२२ मतदाता रहेको यस क्षेत्रमा अहिलेसम्म ४५ हजार ३ सय १३ मत गणना भएको छ ।


क्लिकमान्डु