सामाजिक कार्यमा सक्रिय मेन्स रुम रिलोडेड छैटौं वार्षिकोत्सव मनाउँदै



काठमाडौं । फेसबुकमा रहेको नेपालको सबंभन्दा ठूलो सामाजिक संजाल समूह मध्येको एक मेन्स रुम रिलोडेड (एमआरआर) ले ६ वर्ष पुरा गरेको छ । नेपाली दाजुभाईहरुबीचमा भाईचारा र मेलमिलापको संदेश प्रदान गर्ने उदेश्यका साथ स्थापना भएको सो समूहले विभिन्न सामाजिक कार्यहरुमा आफूलाई सक्रिय बनाउँदै आएको छ ।

सन् २०११ डिसेम्बर ११ तारिखमा केहि नेपाली युवाहरु मिलेर स्थापना गरेका सो समूह हाल नेपालको सबैभन्दा लोकप्रिय फेसबुक समूहमा पर्दछ । स्थापनाको समयमा रमाईलो र मनोरन्जनात्मक सूचनाहरु आदान प्रदान गर्ने उद्धेश्यका साथ स्थापना भएको यो समूह हाल सामाजिक कार्यको क्षेत्रमा सक्रिय भएको हो ।

केवल युवाहरुलाई मात्र आबद्ध गराईने सो समूहले विभिन्न स्थानहरुमा पुस्तकालय निर्माण तथा पुस्तक प्रदान, जाडोमा न्यायो कपडा बितरण, नाकाबन्दीको बेलामा स्वयंसेवाको रुपमा सवारी साधनबाट पिकअप गर्ने कार्यसमेत गरेका थिए ।
त्यसैगरी सो समूहले बाढि पिडितहरुलाई उद्धार तथा विभिन्न सहयोगको कार्यक्रम समेत आयोजना गरेको थियो ।

समूहले हाल नेपालमा आवश्यक पर्ने रक्तदाताहरुको जानकारी राख्नको लागि एमआरआर ब्लड डाटाबेस समेत तयार गरिरहेको छ ।

एमआरआरले वार्षिकोत्सव पारेर काठमाडौ, नुवाकोट, बिराटनगर, पोखरा, चितवन, कैलालीलगायतका स्थानमा कार्यक्रम गरिरहेको समूहका एडमिन मनिष थापाले जानकारी दिए ।

आगामी दिनमा सो समूहले सामाजिक क्षेत्रमा आफ्ना सदस्यहरुलाई सक्रिय हुन अभिप्रेरित गर्ने जनाएको छ ।
मेन्स रुम रिलोडेड समूहमा हाल एक लाख भन्दा बढि सक्रिय सदस्यहरु आबद्ध रहेका छन् ।


क्लिकमान्डु