मेयरमा हारेका सीतादेवीका छोरा प्रदेशसभामा पनि हारे



काठमाडौं । कसै कसैलाई राजनीति निर्मम भन्दा निर्मम बनीदिदो रहेछ । यस्तै भएको छ नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवका छोरा सुवासचन्द्र यादवलाई ।

गत असोज १० गते भएको स्थानीय तहको निर्वाचनमा सिराहा नगरपालिकामा अश्वेस्वररप्रसाद यादवसँग पराजित भएका सुवास प्रदेशसभा निर्वाचनमा समेत उम्मेदवार भएका थिए ।

पटक पटक उम्मेदवार भएका सुवास नेकपा एमाले सिरहा जिल्ला अध्यक्ष प्रमोद यादवसँग पराजित भएका छन् ।

प्रमोदले सिरहा क्षेत्र नम्बर ३ को ख बाट ११ हजार ९५४ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवासले ९४८६ र संघीय समाजवादी फोरमका मनोरञ्जन गोइतले ८२६८ मत प्राप्त गरेका छन् ।

सुवास दुई महिनाअघिमात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयर उम्मेदवार बनेर तेस्रो भएका थिए ।

मेयर पराजित भए लगत्तै आमाको पावरबाट उनले टिकट पाएको आरोप थियो । सीतादेवी कांग्रेसबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा छिन् । सुवासले स्थानीय तहको निर्वाचनमा ७ हजार ५०० मत प्राप्त गरेका थिए ।


क्लिकमान्डु