पूननिर्माणको सिइओ र राजदुत जागिर छाड्ने दुबै हारे




काठमाडौं । काम गरेर देखाउने ठाँउमा भएपनि राजनीतिक नशा लागेको भन्दै निर्वाचनमा होमिएका पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेल र भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय पराजित भएका छन् ।

पोखरेल प्यूठानबाट वाम गठबब्न्धनका साझा उम्मेदावर दुर्गा पौडेलसँग पराजित भएका हुन् भने उपाध्याय पनि सोही गठबन्धनका उम्मेदवार सँगै पराजित भएका हुन् ।

पुनर्निमाणको कार्यकारी अधिकृतको पद छाडेर चुनावमा गएका पोखरेल पराजित भएपछि लाभको तथा काम गरेर देखाउने अवस्थामा रहँदा रहँदै राजनीतिमा हाम फालेको भनेर आलोचना समेत भएको थियो ।

पोखरेल कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग पराजित भएकी छन् ।

पौडेलले ४७ हजार ५१४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत पाएका छन् ।

उता भारतका लागि नेपाली राजदूत रहेका उपाध्याय नेकपा(माओवादी केन्द्र)का चक्रपाणी खनालसँग पराजित भए ।

कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएका हुन् । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

जुन पदका लागि जिम्मेवारी दिइएको हो, त्यो जिम्मेवारी पूरा नगरेर चुनावमा होमिएका प्रमुख कार्यकारी अधिकृत र राजदूतले नै चुनावमा पराजयको नमिठो स्वाद भेटेका छन् ।


क्लिकमान्डु