प्रचण्डको क्षेत्रमा किन भइरहेको छ मतगणनामा ढिलाई



काठमाडौं । देशभरका अन्य निर्वाचन क्षेत्रको नजिता आइसक्दा समेत चितवन क्षेत्र नं ३ को अझै २८ हजार ४० मत गन्न बाँकी रहेको छ ।

सो निर्वाचन क्षेत्रमा वामगठन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा छन् ।

सोही जिल्लाका अन्य निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसक्दा समेत चितवन क्षेत्र नं. ३ को मतगणना कछुवाको गतिमा मात्रै भइरहेको छ ।

कुल मतदाता,१ लाख २५ हजार ८२३ रहेकोमा गत मंसिर २१ गते भएको निर्वाचनमा ९३ हजार ८२६ मत खसेको थियो । हालसम्म ७१ हजार ९० मत गनिएको छ । अझै गन्न बाँकी मत २२ हजार ७२६ रहेको छ ।

हालसम्म घोषित प्राप्त मतका आधारमा अध्यक्ष प्रचण्ड ३७ हजार ९२६ मत प्राप्त गरेका छन् भने पाण्डेले २८ हजार ४० मत प्राप्त गरेका छन् । अध्यक्ष प्रचण्ड ९ हजार ८८६ मतले अगाडी छन् । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहेका पाण्डेले मतगणना स्थल थप गर्न नदिएका कारण मतगणनामा ढिलाई भइरहेको बताइएको छ ।


क्लिकमान्डु