चुनाब हारेपछि यसो भने डा. रामशरण महतले



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले निर्वाचनमा पराजय भोगेपछि सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्बजनिक गरेका छन् ।

उनले आफ्नो अहिलेको पराजयलाई परिवर्तनप्रतिको जनचाहना भनेर सम्मान गरेका छन् । २०४८ सालको आमनिर्वाचनमा पराजित डा. महत त्यसपछि भएका ४ निर्वाचनमा विजयी हुदै आएका थिए ।

उनी २०५१ सालको मध्यावधी निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संबिधानसभाको पहिलो निर्वाचन र २०७० को दोस्रो निर्वाचनमा पनि नुवाकोटबाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा आफू पराजित भएपछि डा. महतले यो परिणामलाई परिवर्तनको जनचाहना भनेका छन् ।

‘बिगत २३ बर्षमा लगातार ४ पटकको बिजयपछि यस संसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै बिजयी हितबहादुर तामाङलाई बधाई र शुभकामना दिन्छु । मेरा मतदाता, शुभचिन्तक र पार्टी मित्रहरुको सहयोगको लागि धन्यबाद । लोकतान्त्रिक विकास र आर्थिक समुन्नतिको मेरो प्रतिबद्धता निरन्तर रहनेछ,’ डा. महतले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु