पूर्वअर्थमन्त्री डा रामशरण महत पराजित,माओवादीका तामाङ विजयी



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वअर्थमन्त्री डा रामशरण महत पराजित भएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी अर्थमन्त्री बन्ने रेकर्ड राखेका महत यो पटक माओवादीका हितबहादुर तामाङसँग पारजित भएका हुन् ।

महतले करिब ९ हजार मतान्तरले चुनाव हारेका छन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएका छन् । महतले २७ हजार ९ सय २० पाएका छन् ।

महतसँग तामाङ २०६४ र २०७० को निर्वाचनमा पराजित भएका थिए ।


क्लिकमान्डु