तेस्रो पटकमा एमाले महासचिव इश्वर पोखरेल काठमाडौं ५ मा विजयी



काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेल तेस्रो प्रयासमा काठमाडौं ५ बाट विजयी भएका छन् ।

नेकपा एमालेका महासचिव पोखरेलले २२९२९ मत प्राप्त गरेर काठमाडौं ५ बाट निर्वाचन जितेका छन् । नेपाली कांग्रेसका डा प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे ।

२०६४ साल २०७० सालको निर्वाचनमा कांग्रेसका नरहरि आचार्यसँग काठमाडौं ५ मा चुनाव हारेका पोखरेलले यो पटक कांग्रेसका महतलाई ९ हजार ७८५ अन्तरले हराउन सफल भए ।

अस्वस्थाको कारण नरहरि आचार्य यो पटक निर्वाचनमा प्रतिस्पर्धा गरेनन् ।


क्लिकमान्डु