वामगठबन्धनका सुत्राधार वामदेव गौतम संकटमा, तीन हजार मतले पछाडि



काठमाडौं । देशका अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार बहुमत तर्फ अग्रसर भइरहेको बेला सोही गठबन्धनका सुत्राधार वामदेव गौतम झण्डै तीन हजार मतले पछाडि रहेका छन् ।

निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार ७१ हजार ८०९ मत गन्दा कांग्रेस उम्मेदवार सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले ३५ हजार ६६९ मत पाएका छन् भने गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन्।

देशभर वाम गठन्धनले फराकिलो फराकिलो मतान्तर कायम गरिरहँदा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया-१ मा झन्डै तीन हजार मतले पछि परेपछि गठबन्धनमा हल्लीखल्ली भएको छ ।

निर्वाचन कार्यालयकाअनुसार बर्दियाको बार बर्दिया नगरपालिकाको ६ वटा वडाको मत गणना गर्न बाँकी रहेको छ ।


क्लिकमान्डु